रविबिरुद्ध राहदानी दुरुपयोगको मुद्दा लिएर सर्वोच्च पुगे ‘सफल’
प्रहरी अनसन्धानबाट राहदानी दुरुपयोग नभएको भेटिएसंगै मुद्दा चलाउनु नपर्ने रिपोर्ट सम्बन्धित निकायलाई बुझाइसकेको भए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध नेपाली राहदानी दुरुपयोग मुद्धामा अनुसन्धान गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट पेश भएको छ ।

लामिछानेले नेपाली राहदानी दुरुपयोग गरेको भन्दै युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट पेश गरे पनि दर्ता भने भएको छैन ।
सर्वोच्च अदालत प्रशासनले उक्त रिट सच्याउनुपर्ने भएकाले निवेदकले नै लगेको बताएको छ सर्वोच्चकाा प्रवक्ता बिमल पौडेलले बताउनुभयो ।
रिट निवेदक सफलले सर्वोच्च प्रशासनले रिटमा केही सुधार गर्न आग्रह गरेको बताउँदै रिटमा रवि लामिछानेविरुद्ध राहदानीका विषयमा मुद्दा नचल्ने भनी ६ चैतमा महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णय कार्यान्वयनमा रोक लगाउन माग गरिएको छ ।
त्यस्तै रविले अमेरिकी नागरिक हुँदैमा नेपालको राहदानी कुन कुन समयमा के के प्रयोजनका लागि प्रयोग गरेका थिए भन्ने विवरण अध्यागमन विभागबाट झिकाउन पनि माग गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्