क्रिकेटखेल

आईपीएलमा लखनउको दोस्रो जित

भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा लखनउ सुपर जायन्ट्सले दोस्रो जित हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा लखनउले सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको हो ।

आईपीएलमा लखनउको दोस्रो जित

जारी प्रतियोगितामा हैदराबादको यो लगातार दोस्रो हार हो । लखनउको घरेलु मैदान एकना स्टेडियममा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२१ रन बनाएको थियो । हैदराबादका लागि राहुल त्रिपाठीले ३५ रन बनाए भने अनोमलप्रित सिंहले ३१ रन जोडे । अब्दुल सामद २१ रनमा अविजित रहे भने वासिन्टन सुन्दर १६ रन बनाए ।

लखनउको लागि क्रुनाल पान्ड्याले ३ विकेट लिँदा अमित मिश्राले २ तथा यश ठाकुर र रवि विश्नोईको भागमा समान १-१ विकेट रह्यो । १२२ रनको लक्ष्य लिएर मैदान उत्रेको लखनउले १६ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

लखनउको लागि कप्तान केएल राहुलले ३१ बलमा ४ चौकासहित सर्वाधिक ३५ रन बनाए भने क्रुनाल पान्ड्याले २३ बलमा ३४ रन जोडे । यस्तै कायल मेयर्स १३ रनमा आउट हुँदा निकोलस पुरन ११ र मार्कस स्टोइनिस १० रनमा अविजित रहे । हैदराबादका लागि आदिल राशिदले २ विकेट लिए भने भुवनेश्वर कुमार, फजलहक फारुकी र उमरान मलिकको भागमा समान १-१ विकेट रह्यो ।

जितसँगै लखनउ ३ खेलमा २ जित र १ हार सहित ४ अंक जोड्दै शीर्ष स्थानमा छ भने समान खेलमा अंकविहिन हैदराबाद अंक तालिकाको पुछारमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो पौने चार बजे राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स र राति पौने आठ बजे हुने खेलमा चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्स भिड्दै छन् ।

 

 

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.