राजनीति

अवैध रकमको विवादकाबीच गभर्नर अधिकारीको रहस्यमय निलम्बन

मुलुक आर्थिक संकटमा फस्दै गएको, अवैध धनको ओसारपसार बढिरहेको र वैधानिक अर्थतन्त्र खुम्चिदै गएका बेला सरकारले नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।

अमेरिकाबाट एक व्यक्तिको नाममा अवैध रुपमा ४० करोड रुपियाँ भित्रिएको र त्यो रकम जफ्त गर्न अमेरिकाले पत्राचार गरेको तथा अर्थमन्त्रीले फुकावा गर्न दवाव दिएको समाचाहरु बाहिरएकै बेला गभर्नरका निलम्बनलाई रहस्यमय मानिएको छ ।

सरकारले गभर्नर अधिकारीले केन्द्रीय बैंकको उद्देश्यअनुसार तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै शुक्रबार निलम्बनको पत्र बुझाएर अर्थमन्त्रालयले डेपुटी गभर्नर नीलम ढुङ्गानालाई निमित्त गभर्नरको जिम्मेवारी तोकेको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले राष्ट्र बैैंकको संवेदनशील सूचना चुहाएकाले गभर्नर अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेसँगै उहाँ स्वतः निलम्बनमा पर्नुभएको मन्त्रिपरिषद्का एकजना सदस्यले बताए ।

सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यी जाँचबुझ समिति गठन भइसकेको उहाँले बताउनुभयो ।

राष्ट्र बैंकका एकजना उच्च अधिकारीले पनि गभर्नर अधिकारी निलम्बनमा पर्नुभएको र उहाँको जिम्मेवारी डेपुटी गभर्नर ढुंगानालाई दिइएको पुष्टि गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.