राजनीति

गभर्नर हटाएर सरकारले ठीक गर्यो : प्रधानमन्त्री देउवा

मुलुकको अर्थतन्त्र ओरालो लागेको बेला गभर्नर हटाइएपछि पूर्व अर्थमन्त्रीहरू, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारुढ दलकै नेताहरूले आलोचना र विरोध गरिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसको बचाउ गर्नुभएको छ ।

अमेरिकाबाट नेपाल आएको ४० करोड रुपैयाँ जफलत गर्न भएको पत्राचार अनुसन्धान चलिरहेका बेला अर्थमन्त्री जनार्दन शर्माले सो रकम फुकुवा गर्न दवाव दिएको र गभर्नर महाप्रसाद अधिकारीले अस्वीकार गरेका कारण पदमुक्त गरिएको चर्चा भैरहेका बेला प्रधानमन्त्री देउवाले सो कार्यको समर्थन गर्नुभएको छ ।

सोमबार सत्ताा गठबन्धनको बैठकमा माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरुले यस विषयमा प्रश्न उठाएपछि प्रधानमन्त्री देउवाले गभर्नरले असहयोग गरेको अर्थमन्त्रीले गुनासो गरेपछि हटाइएको बताउनुभएको हो ।

बैठकमा कांग्रेस महामन्त्री गगनकुमार थापा र नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थतन्त्रको संकट उत्पन्न भइरहेको बेला गभर्नरमाथि थालेको कारवाहीबारे प्रश्न उठाउनुभएको थियो ।

मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकले गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको थियो । अधिकारीलाई निलम्बन गरिएको विषयमा चौतर्फी विरोध भएपछि सत्तारुढ गठबन्धन दलकै नेताहरूबीच मतभेद छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.