निर्वाचन सर्दैन, तोकिएको मितिमै हुन्छ
सत्ता गठबन्धनका केही नेताहरुले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निर्वाचनमा सहभागी हुन्छ भने निर्वाचनको मिति केही पछि सार्न सकिने बताइरहेका बेला आयोगले भने तोकिएको मितिमै निर्वाचन हुने स्पष्ट पारेको छ ।

प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मंगलबार मोरङमा आयोजित कार्यक्रममा घोषित मितिमा स्थानीय पालिकाको निर्वाचन हुने बताउनुभएको हो ।
निर्वाचन आयोग, प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घद्वारा संयुक्त रूपमा आज यहाँ आयोजित प्रदेश नं १ स्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममा उहाँले निर्वाचनको रकेट प्रक्षेपण भइसकेकाले आगामी वैशाख ३० गते स्वच्छ, निष्पक्ष, विश्वासिलो एवं भयरहित वातावरणमा सम्पन्न हुने प्रष्ट पार्नुभयो ।
उहाँले सङ्घीयता र लोकतन्त्र मजबुत बनाउने मुख्य कार्य आवधिक निर्वाचन भएको चर्चा गर्दै निर्वाचन नभए लोकतन्त्र हार्ने विचार राख्नुभयो ।
प्रमुख आयुक्त थपलियाले आयोगले निर्वाचनका समयमा मिथ्या सूचना, दुष्प्रचार र घृणास्पत अभिव्यक्ति निष्तेज गर्न आवश्यक अनुगमनको संयन्त्र निर्माण गरी नियन्त्रण गर्ने दृढता व्यक्त गर्दै यस्ता कार्यबाट मुलुकमा इमानदारी र निष्ठाको राजनीति पराजित हुने धारणा राख्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्