अर्थ

चार सयले घट्यो सुनको मूल्य, आज कति छ तोलाको ?

स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य घटेको छ । सुन प्रतितोला रु ४०० र चाँदी रु ७५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९०० कायम भएको छ ।

हिजो आइतबार सुनको मोल प्रतितोला रु दुई लाख ९७ हजार १०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ९७५ कायम भएको थियो । त्यस्तै गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार ९०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ९६० कायम भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.