विश्व समाचार

डब्लुएचओ भन्छ- कोरोना स्वाइनफ्लुभन्दा १० गुणा खतरनाक, भ्याक्सिनविना रोक्न सकिँदैन

विश्वभर १७ लाखभन्दा बढीलाई संक्रमित गरिसकेको, एक लाख १५ हजारभन्दा बढीको मृत्यु भैसकेको कोरोना भाइरस संक्रम नियन्त्रण गर्न भ्याक्सिनबिना सम्भव नभएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बताएको छ । कोरोना संक्रमणको महामारी हटाउन प्रभावकारी खोप तत्कालै आवश्यक देखिएको पनि डब्लुएचओले बताएको छ ।

तर कोरोना भाइरसको औषधि वा खोप भने अझै पत्ता लागेको छैन । यसको खोप आउन कम्तीमा १२ देखि १८ महिनासम्म लाग्न सक्ने बताइएको छ ।

डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले नियमित पत्रकार सम्मेलनमा कोरोना भाइरस स्वाइनफ्लु भन्दा १० गुणा खतरनाक भएको बताउँदै यसलाई रोक्न प्रभावकारी भ्याक्सिनको अनिवार्यतामा जोड दिनुभएको हो ।

उहाँले कोभिड १९ तीव्र रुपमा फैलिरहेको र यो २००८को स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक भएकाले पूर्णरुपमा कोरोनाको महामारी हटाउन प्रभावकारी खोप तत्कालै आवश्यक देखिएको बताउनुभएको हो ।

सन् २००९ मा अमेरिका र मेक्सिकोबाट निस्किएको स्वाइन फ्लु (एच १ एन१)बाट विश्वभर १८ हजार पाँच सय मानिसको मृत्यु भएको थियो । तर लेसेन्ट मेडिकलले भने उक्त भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५१ हजारदेखि पाँच लाख ७५ हजारसम्म हुन सक्ने आकलन गरेको थियो । फ्लुलाई सन् २००९ को जुन महिनामा महामारीको घोषणा गरिएको थियो । सन् २०१० को अगष्टमा यो महामारी सकिएको बताइएको थियो ।

गेब्रियससले अहिले केही मुलुकमा प्रत्येक तीनदेखि चार दिनको अवधिमा कोभिड–१९ का संक्रमितको संख्या दोब्बर भइरहेको भन्दै चिन्ता व्यक्त गर्दै यसलाई रोक्न पहिचान, परीक्षण, आइसोलेसन, उपचारका साथै सम्पर्कमा रहेका मानिसको ट्रेसिङमा जोड दिन आग्रह गर्नुभयो ।

अहिले विश्वको आधाभन्दा बढी मानिसहरु घरमा नै बसिरहेका छन् । तर, यो कडाइ केही खुकुलो बनाउने हो भने यो महामारी अझै बढ्न सक्ने डब्ल्यूएचओका प्रमुखको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.