राजनीति

२०७७ सालमा सरकारले उल्लेखित प्रगति हाँशिल गर्यो : प्रधानमन्त्री ओली

नेपालीहरुको नयाँ वर्ष २०७८ को विहानी देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा सरकारले उल्लेखित प्रगति हाँशिल गरेको बताउनुभयो । अनेकन असहज परिस्थितिका बाजबुत २०७७ साल सफल वर्षको रुपमा रहेको प्रधानमन्त्रीको दावी छ ।

कोभिड १९ को महामारीले विश्वनै आक्रान्त भएको बेला त्यसको असर नेपालका सबै क्षेत्रमा परे पनि २०७७ सालमा ठूला दीर्घकालिन महत्वका काम भएको दाबी गर्दै उहाँले प्रतिकुलताका बीच २०७७ सालमा असाधारण काम भएको र राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा सफलताको बर्ष रहेको बताउनुभयो ।

दशकौंपछिको सफलता प्राप्त गर्दे मेलम्चीको पानी काठमाडौ आईपुगेको, अतिक्रमित भूमि फिर्ता, पुनःनिर्माणका कामहरूले पूर्णता पाउने क्रम तिब्र गतिमा बढेको तथा नयाँ नयाँ असाधारण र दुरगामी महत्वका कामहरु बढेको पनि उहाँले उल्लेख गर्नुभयो ।

आफ्नो भूभागसमेत सामेल गरेर नयाँ नक्सा सार्वजनिक गरेको र यसले राष्ट्रिय गौरव बढाएको र सबैमा आत्मविश्वास बढाएको दाबी गर्दै सरकारले सातै प्रदेशमा ठूला ठूला नयाँ औद्योगिक क्षेत्रको सिलन्यास गरेको र लगानीका लागि शान्तिपूर्ण र अनुकुल वातावरण बनेको जानकारी दिुभयो ।

कोभिड १९ महामारीको प्रतिकुल अवस्थामा पनि अनलाईन र विभिन्न माध्यमका शिक्षण विधि अघि सारेर बालबालिकालाई शिक्षा प्रदान गरिएको र सामाजिक जनजीवनलाई सामान्य अवस्थामा राख्ने प्रयास गरेको दाबी गर्दै उहाँले कोभिड १९ को महामारी कसैका लागि पनि सकारात्मक नभएको भन्दै उनले त्यसबाट अर्थतन्त्र लगायत विभिन्न क्षेत्रमा असर पुर्‍याए पनि सरकारले नागरिकको जीवनरक्षालाई प्राथमिकता दिदै आएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले जनतालाई आशा जगाउने गरी विकास निर्माणका कामहरु भईरहेको बताउँदै सरकारले गरेका कामहरू नदेख्ने समूहले निरन्तर जनता भड्काउने प्रयास भईरहे पनि सरकारका क्रियाकलापप्रति आशा र भरोसा जगाउने कामहरु लगातार भईरहेको दाबी गर्नुभयो ।

प्रतिदिन साढे ५ किलोमिटर बाटो बन्ने गरेको, प्रति १२ वटा आवासगृह निर्माण भईरहेको, पूर्वदेखि पश्चिमसम्म पुल बनाउने, करिडोर र लिंकरोड, मध्यपहाडी राजमार्ग (पुष्पलाल), मदनभण्डारी राजमार्ग, पूर्वपश्चिम राजमार्गलगायत राजमार्गको स्तरोन्नति र निर्माणको कम भईरहेको फेयरिस्त प्रस्तुत गर्नुभयो ।

त्यस्तै २०७८ साल भित्र सडक बालबालिकाको अन्त्य गर्ने बताएको र त्यो पुरा गर्ने दोहोर्‍याउँदै प्रधानमन्त्री ओलीले सहारा गुमाएका ज्येष्ठ नागरिक र अभिभावक गुमाएका बालबालिकाको सहारा सरकार रहेको भन्दै सबैले सम्मानित जीवन बाँच्न पाउने स्थितिको निर्माण सरकारले गर्ने बताउनुभयो ।

‘यो २०७८ साल भित्र सडक बालबालिका, सडक मानव र सडकमा भिक्षाम् देही भन्ने स्थिति अन्त्य गर्ने भन्ने कुराहरु पुरा गर्छौ भनेर भनेका छौ । २०७७ सालमा नै क्याम्पेन गरेर सडकबालबालिका नरहेको स्थिति बनाईसक्यौ।’ उहाँले भन्नुभयो ।

एसिड आक्रमण विरूद्ध, बलात्कार र बलात्कार पछिको हत्या नियन्त्रण गर्नका लागि सरकारले अध्यादेश मार्फत कडा कानुन ल्याएको भएपनि संसदमा पेश गर्न नदिईएको गुनासो गर्दै प्रधानमन्त्री ओलीले पुनर्स्थापना पछिको संसदको पहिलो बैठकनै संसद चल्न नदिएर अप्रिय र अशोभनीय स्थिति संसदमा देखिएको टिप्पणी उनले गर्नुभयो ।

त्यसै गरी प्रधानमन्त्री ओलीले २०७६ सालमा पृथकथावादी सोचसहित अघि बढेको समूहलाई राष्ट्रिय राजनीतिमा समाहित गराएको र २०७७ सालमा हिंसाको बाटो लिईरहेको समूहलाई शान्तिपूर्ण मूलधारमा फर्काउन सफल भएकालेले मुलुकबाट हिंसाको राजनीतिको अन्त्य भएको प्रधानमन्त्रीले दाबी गर्नुभयो ।

यसै गरी प्रधानमन्त्री ओलीले कोरोना महामारीको जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गर्दै कोभिड १९ को महामारीबाट बच्नका लागि स्वास्थ्य सर्तकताका मापदण्ड कडाईका साथ पालना गर्न सबैलाई आव्हान गर्नुभयो ।

मानव स्वास्थ्य र मावन जीवननै सबैभन्दा महत्वपूर्ण भएको उल्लेख गर्दे स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्न र चिकित्सकका परामर्शलाई शिरोधार्य र गरि आफूलाई सुरक्षित राख्न आग्रह गर्दै महामारी ह्वात्तै बढेपछि कतिपय विकसित देशहरुले पनि दोस्रो र तेस्रो चरणमामा लकडाउन गरिरहेको प्रसंग उल्लेख गर्दे उनले स्वास्थ्य सर्तकताका मापदण्ड प्रयोग गरेर नै महामारी नियन्त्रणमा राखेर सामाजिक आर्थिक क्रियाकलाप सञ्चालन गर्नुपर्छ भन्ने सोचमा सरकार रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो ‘सरकार सकभर लकडाउन गर्ने मनस्थितिमा छैन । कतिपयले आजै लकडाउन हुन्छ । भरे नै लकडाउन हुन्छ । भोलि नै लकडाउन हुन्छ भन्ने हल्ला चलाएका थिए । तर सरकार सकेसम्म लकडाउनमा जान चाहँदैन । तर हामीले हेक्का राख्नुपर्छ, युरोपका कतिपय विकसित भनिएका देशहरु, जब महामारी ह्वात्तै फैलियो, त्यस्तो अवस्थामा लकडाउनमा गएका छन्। दोस्रो चरणमा र तेस्रो चरणमा फैलिएको लहरबाट बच्नका लागि लकडाउनको सहारा लिनुपर्ने अवस्था छ।’

उहाँल थप भन्नुभयो ‘हामी हाम्रो सर्तकताको विधिबाट परिस्थितिलाई विग्रन नदिऔं भन्ने आग्रह गर्दछौं । अस्ति मैले बोल्दा लकडाउन गर्ने धम्की दियो भन्ने पनि केहीले भने । म धम्की दिने हैसियत पनि राख्दिनँ । धम्कि दिनुलाई उचित पनि ठान्दिनँ। त्यस्तो अवस्था नआओस् भनेर ध्यान दिनुपर्छ। परिस्थिति विग्रियो भने त्यहाँ पनि पुग्नुपर्ने हुनसक्छ भनेको हो। त्यसैले हामी सर्तक भएर अघि बढ्नुपर्छ।’

२०७७ सालमा कोभिड १९ महामारीको असरका कारण सामाजिक जनजीवन, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रलाई आक्रान्त बनाएको बताउँदै उहाँले कोभिड १९ कात्तिकबाट नियन्त्रित गर्दै ल्याएको भए पनि चैतदेखि फेरि बढ्न थालेको उल्लेख गर्दै उनले अर्थतन्त्रलगायत विकासका आकांक्षाहरुमा प्रतिकुल असर नपरोस् भन्नका लागि सबै सजग हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।

मेरो कित्ता कार्यक्रम आजैदेखि

प्रधानमन्त्री ओलीले नयाँ वर्षमा नयाँनयाँ कामहरू थालनी गरेको उल्लेख गर्दै किसानका लागि आजदेखि नै मेरो कित्ता कार्यक्रम शुभारम्भ हुने बताउनुभयो । उहाँले किसानले आफ्ना पूर्जा घरबाटै एपमार्फत हेर्नसक्ने र आधुनिक प्रविधिको माध्यमबाट उक्त काम गरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “नयाँ उत्साह, नयाँ आत्मविश्वासका साथ नयाँ वर्षमा प्रवेश गरिरहेका छौँ, हामीले थालेका अपूरा कामलाई पूरा गर्ने र देशलाई विकासको चरणमा छौँ ।”

उहाँले हुम्लाको सिमीकोटमा पनि अब सडक पु¥याउने, विश्वविद्यालय, अस्पलात, शिक्षालय व्यापक निर्माण अगाडि बढाउने उल्लेख गर्दै नेपालका लगानीका लागि शान्तिपूर्ण वातावरण बनेको र श्रमिक, श्रमदाता र सरकारबीच उपयुक्त कानून निमार्ण गर्ने विषयका काम तीव्रताका साथ अघि बढेको बताउनुभयो ।

हल्लाका पछि नलाग्न आग्रह

प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणका काममा ढुक्क भएर लाग्न र हल्लाका पछि कोही पनि नलाग्न आग्रह गर्नुभयो । उहाँले देश र जनता अनि मानव जातिको सर्वपरि हितको रक्षा गर्दै सरकारले काम गरेको र राष्ट्रिय हितका पक्षमा कहिले पनि बिर्सन नहुने बताउनुभयो । न्यायसहित अन्तर्राष्ट्रिय उत्तरदायित्व, सामाजिक न्यायसहित शान्ति र विकासको आवश्यकता रहेको र शान्तिपूर्ण वातावरण सबैले निर्माण गर्न उहाँको आग्रह थियो । प्रधानमन्त्री ओलीले विश्वलाई पनि भय, त्रास र सम्मानजकरूपमा बाँच्न पाउने विश्व बनाउन जरुरी रहेको उल्लेख गर्दै युवालाई विदेश असुरक्षित भएको हुँदा उपलब्ध रोजगारीका असरको खोजी गरी उपयुक्तका लागि पनि खोजी गर्न सरकारले वातावरण बनाउने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कोभिडबाट सबैलाई बच्न १८ लाख व्यक्तिले खोप लगाइसकेको र बाँकीलाई लगाउने चरणमा रहेको उल्लेख गर्दै रोगबाट बच्न र बचाउन सबैलाई आग्रह गर्दै देशवासीलाई सफलता र उन्नतिको वर्ष रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

सम्बन्धित खबर

Back to top button