खेल

नेदरल्याण्ड्सबिरुद्ध ३० बलमा बनाए कुशलले अद्र्धशतक

काठमाडौंमा सुरु भएको नेपाल, मलेसिया र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सले नेपाललाई १३७ रनको लक्ष्य दिएको छ । १३७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले आक्रामक ब्याटिङ गरिरहेको छ । सुरुवाती ब्याट्सम्यान कुशल भुर्तेलले ३० बलमा अद्र्धशतक पूरा गरेका छन् ।

आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमै अद्र्धशतक पूरा गर्ने क्रममा आक्रामक पारी खेल्दै ५ छक्का र ५ चौका प्रहार गरे र उनलाई साथ दिइरहेका आशिफ शेखले ३ छक्का र १ चौकाको मद्दतले ३३ रन बनाएका छन् । ताजा स्थितिमा कुशल व्यक्तिगत ५९ रनमा अविजित छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको डच टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३६ रन बनाएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.