जन सरोकार

पैदलै लामो दुरी पार गरी घर जानेहरु जहाँको तहै रोकिए : खानेकुराको बन्दबस्त गरिने

लक डाउनका कारण खान नपाएपछि उपत्यकामा रहेका दैनिक मजदुरी गर्नेहरु आआफ्नो गाउँ फर्कन राजमार्गमा लर्को लागेपछि सरकारको चर्को आलोचना भैरहेका बेला शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले पैदल हिंड्न रोकेर खान नपाएकाहरुलाई जहाँ छन् त्यही खाद्यान्न पुर्याउन निर्देशन दिनुभयो ।

प्रधानमन्त्रीको निर्देशनको भोलिपल्टै अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएपछि गृह प्रशासनले कार्यान्वयन थालेको छ भने खानेकुराको पनि बन्दबस्त गर्न सुरु गरेको समाचार छ ।

आआफ्नो घर जान हप्तौं हलपत्र परेका मजदुरलाई विभिन्न स्थानीय तहले गाडीमा राखेर आफ्नो क्षेत्रबाट कटाइरहेका बेला शुक्रबार साँझ प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुलाई बालाएर त्यस्तो निर्देशनपछि गृह मन्त्रायलले प्रहरी प्रधान कार्यालय, नक्साललाई शुक्रबार सर्वसाधारणको आवतजावत पूर्ण रुपमा रोक्न निर्देशन दिएको हो ।

गृहको निर्देशनपछि काठमाडौं‌बाट पैदल हिँडेर घरतर्फ जाँदै गरेका धेरै मजदुर काभ्रे, धादिङ र चितवन जिल्लामा रोकिएका छन् । गृहको निर्देशनअगावै काभ्रेपलाञ्चोक र चितवन जिल्ला प्रशासनले मजदुरलाई आवतजावतमा रोक लगाउन थालिसकेको थियो ।

यसबीचमा मजदुरलाई स्थानीय तहमै खानपिनको व्यवस्था मिलाउन समेत प्रहरीले समन्वय गरिरहेको छ । स्थानीय युवा र जनप्रतिनिधिको पनि साथ भए, लकडाउन कार्यान्वयनमा थप सफलता हासिल हुने देखिएको एक प्रहरी अधिकृतले बताएका छन् ।

सम्बन्धित खबर

Back to top button