विश्व समाचार

राष्ट्रपति ट्रम्प लक डाउनको विपक्षमा : कोरोनाबाट मृत्यु हुनेको संख्या झन्झन् बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिका बन्द हुन हैन खुल्न हो भन्दै लकडाउन खोल्न दवाव दिइरहे पनि त्यहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या घट्नुको साटो झनुझनु बढिरहेको छ । अमेरिकामा मृत्युदर घटेन, मृतकको संख्या ३९ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनद्वारा सार्वजनिक विवरण अनुसार आइतबार मध्यान्हसम्ममा अमेरिकामा ३९ हजार १५ जनाको मृत्यु भएको छ भने ७ लाख ३९ हजारभन्दा बढी संक्रमित भएका छन् ।

अमेरिकाका सबैजसो राज्यमा लकडाउन र सामाजिक दूरीका कडा नियमहरु लागू गरिए पनि संक्रमितको संख्यामा अझै कमी आएको छैन । देशका कतिपय राज्य र शहरमा मानिसहरु लकडाउन हटाउन माग गर्दै प्रदर्शनमा समेत उत्रिएका छन् । लकडाउनको बिरोधमा बन्दुकसहित प्रदर्शन हुँदा त्यसलाई राष्ट्रपतिको समर्थन छ ।

मानिसहरु सडकमा उत्रिएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई पुनः खुला गर्न विभिन्न निर्देशिकाहरु राज्यका गभर्नरलाई सुझाए पनि लकडाउन खोल्ने बारेमा स्पष्ट भइसकेको छैन ।

अमेरिकामा सबैभन्दा बढी प्रभावित न्यूयोर्क शहरमा नर्सिङ होममा आश्रित ज्येष्ठ नागरिकको ठूलो संख्यामा मृत्यु भएको छ । क्लालिफोर्निया शहरमा राज्य सरकारले कोरोना संक्रमित तर हाल घरबारबिहीन व्यक्तिका लागि १५ हजार होटल कक्षहरुको व्यवस्था गरिएको गभर्नर ग्याभिव न्यूसमले बताउनु भएको छ ।

इन्डियानापोलिसमा गभर्नर एरिक होल्कोम्बको सरकारी आवास बाहिर २०० भन्दा बढी व्यक्ति भेला भएर लकडाउन खोल्न माग गर्दै प्रदर्शन गरेका छन् । यस्तै टेक्सास राज्यको अस्टिनमा पनि घरभित्र बस्न दिइएको आदेशको विरोधमा प्रदर्शनहरु भएका छन् ।

अमेरिकामा लकडाउन अन्त्य गर्न प्रदर्शन भइरहे पनि कोरोनासँग संघर्षरत युरोपेली मुलुकहरुमा कतै लकडाउन र आपतकालको अवधि बढाइएको छ भने डेनमार्क, स्वीडेन जस्ता केही मुलुकले प्राथमिक विद्यालयहरु खोलेका छन् ।

कोरोनाभाइरसका कारण अहिलेसम्म अमेरिकापछि सबैभन्दा धेरै मृत्यु हुनेको संख्या इटलीमा रहेको छ । पछिल्लो विवरण अनुसार इटलीमा २३ हजार २२७ जनाको मृत्यु भएको छ भने तेस्रो स्थानमा रहेको स्पेनमा मृत्यु हुनेको संख्या २० हजार ६३९ जना रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.