स्थानीयतह निर्वाचन

महिला, दलित र विपन्नका लागि धरौटीमा ५० प्रतिशत छुट

यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनका लागि महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न व्यक्तिले उम्मेदवारी दिंदा धरौटीमा ५० प्रतिशत छुट दिइएको छ ।

निर्वाचन आयोगले तोकेको उम्मेदवारले राख्नुपर्ने धरौटी रकममा सो कुरा उल्लेख गरिएको छ । आयोगका अनुसार स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुखले एक हजार पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ । त्यस्तै, वडा अध्यक्षले एक हजार रुपैयाँ र सदस्यले पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ ।

यसै गरी निर्वाचन आचारसंहिता अनुसार उम्मेदवार हुने जनप्रतिनिधिे राजीनामा दिनुपर्ने भएको छ । मंगलबार सर्वोच्च अदालतले यस बिरुद्ध परेको रिट खोज गरेपछि सो प्रावधान लागू हुने बाटो खुलेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.