राजनीति

तीन दिनभित्र सिंहदरबारको फोहर उठाउन सर्वोच्चको आदेश

काठमाडौं महानगरपालिकाले आफ्नो विकास योजनामा सिंहदरबारले असहयोग गरेको भन्दै त्यहाँको फोहर नउठाउने निर्णयबिरुद्ध सर्वोच्चले आज (वैशाख ८)को तीन दिनभित्र फोहर उठाउन आदेश दिएको छ ।

कामपा प्रमुख बालेन साहले सिंहदरबारको फोहर नउठाउने घोषणा गरेपछि त्यसबिरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले आदेश प्राप्त भएको मितिले ३ दिनभित्र फोहोर उठाइसक्न महानगरपालिकाका नाममा आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले गरेको आदेशमा भनिएको छ, ‘रिट निवेदकले उल्लेख गरेको स्थानको फोहोरहरु आदेश प्राप्त भएको मितिले ३ दिनभित्र संकलन गरी उठाई विसर्जनसमेत अविलम्ब गर्नू, गराउनू भनी काठमाडौं महानगरपालिकाको नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ ।’

आदेशमा भनिएको छ, ‘फोहरमैला विसर्जन गरिने स्थान वा ल्याण्डफिल्ड साइट अरु स्थानीय तह अन्तर्गतको स्थानमा पर्न जाँदा त्यहाँको बासिन्दा, स्थानीय तह, सरोकारवाला र काठमाडौँ महानगरपालिकासँग समेत आवश्यक समन्वय, उचित सहकार्य र सार्थक सहयोग पुर्‍याइ स्वच्छ वातावरण कायम गर्नुपर्नेतर्फ नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार समेतको गम्भीर ध्यानाकर्षण गराइएको छ ।’

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरवार, बालुवाटार र शितल निवास क्षेत्रको फोहोर संकलन गर्ने भनी सामाजिक सञ्जालमा अभिव्यक्ति दिएपछि फोहोर उठ्न रोकिएको थियो ।

यही विषयलाई जानकारीमा लिदै सर्वोच्च अदालतले जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि स्वच्छ र स्वस्थ वातावरण कायम गर्न राज्यका निकायहरु लगायत नागरिकको सामूहिक प्रयास हुनुपर्ने भन्दै काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.