स्थानीयतह निर्वाचन

गोरखामा पनि भत्कियो सत्ता गठबन्धन

वैशाख ३० गत हुने स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनबीच केन्द्रमा भएको सहमति स्थानीय तहमा भत्कदै गएको छ । शनिबार बाँकेमा गठबन्धन भत्किएर माओवादी एक्लै चुनाव लड्ने निर्णय गर्यो भने आइतबार गोरखामा त्यस्तै भएको छ ।

समाचार अनुसार गोरखामा सत्तागठबन्धनबीच स्थानीय चुनावमा तालमेल नहुने भएपछि नेपाली कांग्रेसले एक्लै चुनाव लड्ने निर्णय गरेको छ।

आठ पटकसम्म सत्तागठबन्धनका जिल्लास्तरका नेताहरूबीच चुनावी तालमेलका लागि छलफलमा बसे पनि भागबन्डाबारे कुरा नमिलेपछि नेपाली कांग्रेसले मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ।

कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले ११ वटै स्थानीय तहमा सोमबार कांग्रेसका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गर्ने जानकारी दिनुभयो ।

न्यौपानेले अब सत्तागठबन्धनका दलहरूसँग मित्रवत प्रतिस्पर्धा हुनेछ। केन्द्रले चुनावी तालमेल गर्न हस्तक्षेप गरे पनि अब नमान्ने बताउनुभयो ।

२०७४ को स्थानीय चुनावमा ११ मध्ये ९ स्थानीय तहमा प्रमुख जितेको कांग्रेसले ८ स्थानीय तहमा दाबी छाडेको थिएन । उता चुनावी तालमेल गर्दा माओवादीले छ वटा स्थानीय तह मागेको थियो। नेकपा एकीकृत समाजवादीले एक पालिका र केही वडा मागेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.