स्थानीयतह निर्वाचन

काठमाडौंको मेयरमा आधा दर्जन स्वतन्त्रसति १६ जना र उपमेयरमा १७ जनाको उम्मेदवारी

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि संघीय राजधानी समेत रहेको काठमाडौं महानगरपालिकामा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी मेयरमा १६ जना र उपमेयरमा १७ जनाको उम्मेदवारी परेको छ ।

काठमाडौंको मेयरका लागि पहिलो नम्बरमा उम्मेदवारी दर्ता आनन्द राज जोशी गर्नुभएको छ । उहाँले राष्ट्रिय यथार्थवादी पार्टी नेपालका तर्फबाट उम्मेदवारी दिनुभएको हो । उहाँ सो पार्टीका महासचिव पनि हुनुहुन्छ ।

यस्तै विवेकशील साझा पार्टीका तर्फबाट समीक्षा बाँस्कोटाले काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दर्ता गर्नुभएको छ । सोही पार्टीको तर्फबाट कीर्ति तुलाधरको उपमेयरमा उम्मेदवारी परेको छ ।

आधुनिक नेपाल समाजवादी पार्टीका तर्फबाट काठमाडौं २४ का सुरेशरत्न बज्राचार्य, नेपाल समावेशी पार्टीका तर्फबाट काठमाडौं २४ का रामबहादुर खड्काले पनि काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।

त्यसै गरी मंगोल नेशनल अर्गनाइजेशन पार्टीको तर्फबाट काठमाडौं ९ का सीता तामाङ, मौलिक जरोकिलो पार्टीको तर्फबाट काठमाडौं ९ का मनोजराज आचार्यले उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावकमा प्रतिज्ञा अर्याल र समर्थकमा बिमल केसी छन् ।

यसैगरी, आधुनिक नेपाल समाजवादी पार्टीका तर्फबाट गुणबहादुर बञ्जाराले काठमाडौं महानगरको उपमेयरमा उम्मेदवारी दिनुभएको छ ।

र्‍यापर बालेन शाहले पनि पनि स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएको छ भने काठमाडौं नं. १४ का रविकान्त मानन्धर, काठमाडौं १६ निवासी राजन कार्की र ज्ञानु लामा तामाङले स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएको छ ।

उपत्यका सडक बिस्तार पीडित संघर्ष समितिका संयोजक सुमन सायमीले पनि काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा निलम कृष्ण ताम्राकार र समर्थकमा सुरज मानन्धर रहेका छन् ।

काठमाडौं १५ की निवासी अमोट महर्जनले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएको छ भने काठमाडौंको मेयरमा विपिनराज वैद्य, सूर्य थापाश्रेष्ठ (महिला), डिल्लीराम राजभण्डारी र जेठा महर्जनले पनि काठमाडौंको मेयरमा उम्मेदवारी परेको छ ।

उपत्यकाव्यापी सडक बिस्तार पीडित संघर्ष समितिका कोषाध्यक्ष विद्या श्रेष्ठ महर्जनले र विश्वविजय श्रेष्ठले पनि उपमेयरमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।

निर्वाचन आयोगका अनुसार भोलि सोमबार बिहान ११ बजेदेखि पुनः उम्मेदवारी दर्ता सुरु हुनेछ । भोलि साँझ ५ बजेभित्र उम्मेदवारी दर्ता सक्ने आयोगको कार्यतालिका छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.