जापान

एकता मंच जापानका अध्यक्ष लामा र प्रदेश सदस्य लम्सालद्वारा राहत वितरण

कोरोना संक्रमणका कारण जारी लकडाउनमा दैनिक गुजारा चलाउन समस्या भैरहेका काभ्रेको भुलु गाउँमा वाग्मती प्रदेश सदस्य लक्ष्मण लम्सालको पहलमा एकता मञ्च जापानका अध्यक्ष हवलचन्द्र लामाको पहलमा खाद्यान्न वितरण गरिएको छ ।

भुम्लु गाउँपालिकाको वडा नं. ६ कोलातीका विपन्न परिवारलाई १३ सय ५० केजी चामल, दाल, नुन, चिनी, तेल वितरण गरिएको हो । त्यस्तै सोही गाउँपालिकाको वडा नं. १ सापिङ्ग भट्टेटार माझी समुदायमा प्रदेश सदस्य लम्सालको पहलमै ८० परिवारलाई राहत वितरण गरेको छ ।

कुल २४६० केजी चामलमा २६ बोरा लाइन क्लब अफ काठमाडौं सुकुन्दले गरेको छ भने ५६ बोरा चामल समाजसेवी लेखनाथ श्रेष्ठले व्यक्तिगत सहयोग गर्नुभएको छ । भुम्लु गाउँपालिका वडा नं १ सापिङ्ले २ केजी दाल, चिनी, नुन, तेल, चियापती राहत कार्यबिधी अनुरुप स्थानीय प्रशासनसंग समन्वय गरेर वितरण गरेको छ ।

राहत वितरणपछि वडा अध्यक्ष खिरबहादुर श्रेष्ठले भट्टेटार माझी गाउँमा सबैजसो घर परिवारको खेतिपाती एकदम कम हुने र दैनिकी ज्यालामा काम गर्न अहिलेको अवस्थामा नहुने भएको हुँदा दैनिकीमा सारै अफ्ठयारो परि भोकै रहनु पर्ने अवस्था देखा परेकोले राहत वितरण गरिएको बताउनु भयो ।

राहत बितरण कार्यक्रममा भुम्लु गाउपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठ, कानुन सल्लाकार प्राणनाथ नेउपानेको पनि सह्भागी थियो ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.