स्थानीयतह निर्वाचन

यी हुन भक्तपुरका ठूला दलका उम्मेदवार

भक्तपुरमा ठूला दलले आसन्न निर्वाचनका लागि उम्मेदवार छनोट गरेका छन् । काँग्रेसले जिल्ला तहमा उम्मेदवार छनोटमा सकस परेपछि प्रदेश तहमा उम्मेदवार टुङ्ग्याएको हो ।

कांग्रेसले चाँगुनारायणको प्रमुखमा जीवन खत्री र उपप्रमुखमा सुभद्रा काफ्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसैगरी भक्तपुर नगर प्रमुखमा कांग्रेसका रामप्रसाद कासुला, उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) ओमचरण श्रेष्ठ लाई तोकिएको छ ।

त्यस्तै चाँगुनारायण नगर प्रमुखमा कांग्रेसका निशान ढुङ्गेल, उपप्रमुखमा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेत र मध्यपुरथिमि नगर प्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का विजय श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

एमालेले सूर्यविनायक र मध्यपुरथिमि नगरमा पुरानै नगर प्रमुखलाई दोहोर्याएको छ भने चाँगुनारायणमा पुरानो उपप्रमुखलाई प्रमुखको उम्मेदवार बनाउने भएको छ ।

एमालेले सूर्यविनायक नगरको प्रमुखमा वासुदेव थापा र उपप्रमुखमा सरिता भट्टराई तथा मध्यपुरथिमि नगर प्रमुखमा मदनसुन्दर श्रेष्ठलाई र उपप्रमुखमा उत्तरा नेपाललाई उम्मेदवार बनाउने भएको छ ।

त्यस्तै चाँगुनारायण नगरपालिकामा भने यसअघि उपप्रमुखको जिम्मेवारी सम्हाल्नुभएकी बीना बास्तोलालाई प्रमुख र उपप्रमुखमा रमेश बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेले जनाएको छ ।

नेपाल मजदुर किसान पार्टीले उम्मेदवारको नाम सार्वजनिक गरेको छैन भने राप्रपा र राप्रपा नेपालले चारवटै नगरपालिकामा छुट्टाछुट्टै उम्मेदवार खडा गर्ने भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.