स्थानीयतह निर्वाचन

उम्मेदवारी दर्तापछि स्थापितको दावी- ‘डबल भोट’ले जित्छु

काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का तर्फबाट केशव स्थापितले आफूले गठबन्धनका उम्मेदवारको भन्दा दोब्बर बढी मत ल्याएर जित्ने दावी गर्नुभएको छ ।

आज उम्मेदवारी दर्तापछि स्थापितले आफू प्रमाणित भैसकेको मान्छे भएकाले जित्न गाह्रो नहुने र गठबन्धनका उम्मेदवारको भन्दा दोब्बर बढी मत ल्याउने दावी गर्नुभएको हो ।

रत्नपार्कस्थित शान्ति बाटिकाबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको राष्ट्रियसभा गृहमा पुगी उहाँले उम्मेदवारी दर्ता गर्नुभएको हो ।

सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुखका उम्मेदवार स्थापितले एकीकृत अवधारणा ल्याउने र महानगरभित्रको शैक्षिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै एमालेका तर्फबाट महानगरको उपप्रमुखमा सुनिता डङ्गोलले पनि उम्मेदवारी दर्ता गराउनुभयो । उपप्रमुखका उम्मेदवार डङ्गोलले काठमाडौँलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने बताउनुभयो ।

एमालेका तर्फबाट प्रमुख उपप्रमुखका उम्मेदवारले मनोनयन दर्ता गरेसँगै गठबन्धनका तर्फबाट प्रमुख र उपप्रमुखलगायतका उम्मेदवारले मनोनयन दर्ताको तयारी गरिरहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.