राजनीति

लकडाउनलाई अरु कडा पार्न गृह मन्त्रालयको परिपत्र

पाँचौंपटक थपिएको लकडाउनलाई अरु कडा बनाउन गृहमन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले सोमबारदेखि पासविनाका सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाउन सम्बन्धित निकायलाई परिपत्र नै जारी गरेको छ ।

मन्त्रालयले बीचबाटोमा पुगेका र विचल्लीमा परेका मजदूर र सर्वसाधारणलाई उद्धारका लागि साँझको समयमा केही दिन सवारी सञ्चालनमा अनौपचारिकरुपमा खुकुलो गराइएकाले अधिकांशको उद्धार भइसकेको ठहर गर्दै सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै पासविनाका कुनै पनि सवारी साधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको हो ।

हुलमूलका साथ सवारी साधनमा यात्रा गर्दा कोभिड– १९ सङ्क्रमण भएर थप जटिलता निम्त्याउनसक्ने खतरालाई ध्यानमा राखेर उक्त निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

Back to top button