स्थानीयतह निर्वाचन

माडीमा एमालेका मेयर, राप्रपाका उपमेयर

सत्ता गठबन्धनको तालमेल भद्रगोल भए पनि विपक्षी दल एमालेसहित साना दलको तालमेल बलियो बन्दै गएको छ । यसक्रममा चितवनको माडी नगरपालिकामा एमाले र राप्रपाबीच तालमेल भएको छ ।

सहमति भएसंगै सो नगरपालिकाका उपमेयरमा उम्मेदवारी दर्ता गराउनुभएका एमालेका रेशमलाल आचार्यले उम्मेदवारी फिर्ता लिदै राप्रपाका तर्फबाट उपमेयरमा मदन पौडेललाई समर्थन गर्नुभएको छ ।

दुवै पार्टीले माडीमा एक कार्यक्रमको आयोजना गरी तालमेलको सहमति अनुसार आचार्यले उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको हो ।

उम्मेदवारी फिर्ता कार्यक्रममा बोल्दै उपमेयरका उम्मेदवार आचार्यले पार्टीको एक असल कार्यकर्ता भएको नाताले तालमेलको भावना अनुसार उम्मेदवारी फिर्ता लिएर पार्टीलाई सहयोग गरेको बताउँदै गठवन्धनका उम्मेदवारलाई जिताउन लागि पर्ने बताउनुभयो ।

सो कार्यक्रममा बोल्दै राप्रपाका उपमेयरका उम्मेदवार पौडेलले आफू मेयरको आकांक्षी भए पनि पार्टीले निर्णय गरेकोले उपमेयरमा उम्मेदवारी दिएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.