स्थानीयतह निर्वाचन
भरतपुरका वागी उम्मेदवार पौडेलले उम्मेदवारी फिर्ता नलिने
देशभरका पालिकाहरुमा सबैभन्दा चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकामा विद्रोही उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले गृहमन्त्री बालकृष्ण खाँडलाई आफ्नो उम्मेदवारी फिर्ता नहुने जवाफ दिनुभएको छ ।

बिहिबार बिहान गृहमन्त्री खाँणसमक्ष पौडेलले आफू उम्मेदवारी फिर्ता नहुने ठाउँमा पुगिसकेको जवाफ दिएको पत्रकारहरुलाई जानकारी दिनुभएको हो ।
पौडेले पत्रकारहरुसमक्ष आफ्नो उम्मेदवारी चितवनका साथीहरुको मान मर्यादा, प्रतिष्ठा, उहाँहरुको भविष्यसँग जोडिएको विषय भएकाले उम्मेदवारी फिर्ता गर्न असम्भव रहेकोा बताउनुभयो ।
गृहमन्त्री खाँणले पौडेलले पार्टीको निर्णय मान्ने विश्वास व्यक्त गर्दै पौडेल कांग्रेसको प्रतिबद्ध कार्यकर्ता भएकाले पार्टीको निर्णय कार्यान्वयनमा उनले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्