खेलफूटबल

महिला गोल्डकपको उपाधि नमोबुद्ध सप्तरीलाई

झापाको बिर्तामोडमा भएको प्रदेशस्तरीय महिला गोल्डकप फुटबलको उपाधि नमोबुद्ध युवा क्लब सप्तरीले उचालेको छ ।

महिला गोल्डकपको उपाधि नमोबुद्ध सप्तरीलाई

शनिबार भएको फाइनल खेलमा आयोजक अल इन वान क्लबलाई टाइब्रेकरमा चार–दुई गोलअन्तरले पराजित गर्दै नमोबुद्ध सप्तरीले उपाधि उचालेको हो । निर्धारित ६० मिनेटको खेल एक–एक गोलको बराबरीमा टुङ्गिएपछि टाइब्रेकरमा सप्तरीका खेलाडीको पाँच प्रहारमध्ये चारवटा प्रहारले जाली चुमेको थियो । त्यस्तै आयोजकका खेलाडीले गरेको चारवटा प्रहारमध्ये दुई प्रहार विफल भएको थियो ।

प्रतियोगिताको विजेता सप्तरीले नगद रु दुई लाख दुई हजार पाएको छ भने उपविजेता आयोजकले रु एक लाख एक हजारमा चित्त बुझाएको छ । प्रतियोगितामा राष्ट्रिय महिला फुटबल टोलीका सदस्यसमेत रहनुभएकी आयोजककी खेलाडी सबिता रानामगर ‘प्लेयर्स अफ दी टुर्नामेन्ट’, सर्वाधिक गोलकर्ता सप्तरीकी रजनी थोकर, उत्कृष्ट गोलरक्षक सप्तरीकी पूजा थापा, बेस्ट मिडफिल्डर सप्तरीकी रस्मि घिसिङ, बेस्ट डिफेन्स आयोजककी खुस्मा राई र बेस्ट स्टाइकर आयोजककी लक्ष्मी श्रेष्ठ घोषित हुनुभयो । यस्तै सप्तरीका अरुण राई प्रतियोगिताको बेस्ट कोच घोषित हुनुभएको छ ।

प्रतियोगिताका विजेता र उपविजेतालगायत खेलाडीलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी बोर्ड सदस्य नन्दा बस्याल, अखिल नेपाल फुटबल एशोसिएसन (एन्फा)का सदस्य सरला श्रेष्ठ, आयोजक ‘अल इन वान’ क्लबका अध्यक्ष कृष्णबाबु योञ्जन, बिर्तामोड–१० का वडाध्यक्ष दुर्योधन गुरुङलगायतले पुरस्कार वितरण गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.