जन सरोकार
सिन्धुपाल्चोकका ३७ वर्षीय कोरोना संक्रमित पुरुषको धुलिखेल अस्पतालमा मृत्यु
कोरोना सङ्क्रमणबाट सिन्धुपाल्चोकको कुबिण्डेका एक पुरुषको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत सैतीस वर्षीय पुरुषको शनिबार विहान मृत्यु भएको हो ।

मुटुका रोगी उहाँलाई शुक्रबार थप समस्या भएपछि दिउँसो अस्पताल भर्ना गरिएको थियो । शुक्रबार उपचारका लागि गरिएको पीसीआर परीक्षणमा कोराना पुष्टि भएको अस्पतालका आकस्मिक विभाग प्रमुख डा सानु श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार थप स्वास्थ्य परीक्षणमा निमोनियाबाट समेत ग्रस्त भएका उनलाई उपचारका क्रममा पाइपबाट स्वासप्रस्वास गराइएको थियो । आइसीयू श्यया नहुँदा आकस्मिक कक्षमै उपचार गराइएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्