स्थानीयतह निर्वाचन

दैलखमा कांग्रेस र नेकपा (एस)बाट आचारसंहिता उल्लंघन भएको आरोप

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचारका क्रममा दैलेखमा सत्ता गठबन्धनका दुई दल नेपाली कांग्रेस र एकीकृत नेकपा (समाजवादी)ले आचारसंहिता उल्लंघन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले आरोप लगाएको छ ।

आचारसंहिता उल्लंघनन भएपछि राप्रपा जिल्ला अध्यक्ष भक्त बहादुर शाहीले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई सचेत गराउँदै तुरुन्त यस्ता गतिबिधि रोक्न भन्नुभएको थियो ।

जिल्ला र प्रहरी प्रमुखले तुरुन्त निर्देशन दिए पनि जुलुस र्याली सहित बजार पुगेर प्रहरीको भ्यान सहित फर्केको र आफूले पुनः प्रमुख निर्वाचन अधिकृतसँग यस्ता गतिबिधीलाई रोक्न माग गरेको बताउनुभयो ।

नेपाली कांग्रेस र नेकपा समाजवादीले आचारसंहिता पालनाको सर्वदलीय निर्णय भए पनि उनीहरूले आचार संहिताको ब्यापक उलङ्घन गरेका हुन् ।

उनीहरूले ठूलो संख्यामा मोटरसाइकल र्याली सहित नारा र साउण्ड सहित नगर परिक्रमा गरेका थिए । बजारको मध्य भागमा प्रहरीको भ्यान आए पनि मुखदर्शक भएको थियो ।

गएको ८ चैत ०७८ मा जारी राजपत्रको सूचनामा प्रकाशित आचार संहितामा कुनै पनि उम्मेदवारले आफ्नो कार्यालय बाहेकको स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै पनि किसिमको डिजिटल बोर्ड, फ्लेक्स,साइन बोर्ड राख्न वा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रर्दशन गर्न नहुने उल्लेख छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.