प्रदेशलुम्बिनी

विपक्षीको धर्नाकाबीच पोखरेलद्वारा मुख्यमन्त्रीको शपथ

अलोकतान्त्रिक कदम भएको विपक्षी गठबन्धनको निष्कर्ष

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएकै दिन पुनः नियुक्त भएर शपथ लिनुभएको छ । विपक्षी गठबन्धनले ४२ सांसदको हस्ताक्षरसहित बहुमत दाबी गरेकै अवस्थामा पोखरेलले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

दोश्रोपटक मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले आइतबार राति ८ बजे पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

मुख्यमन्त्री रहेका पोखरेलले संविधानको धारा १६८ (२) अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ (१) अन्तर्गत एमालेको एकल सरकार गठन गर्ने भन्दै बिहान राजीनामा दिएका थिए ।

हाल कायम रहेको ८१ जना प्रदेशसभा सदस्यमध्ये ४१ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष शंकर पोखरेलले पुनः मुख्यमन्त्रीको दाबी पेश गरेलगत्तै माओवादी केन्द्र र नेपाली कांग्रेसले कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४२ जनाको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष पेश गरेका थिए ।

तर प्रदेश प्रमुख यादवले यसअघि नै ४१ जनाको हस्ताक्षर पेश गरेका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । अल्पमतका नेतालाई मुख्यमन्त्री नियुक्त र शपथ गराइएको प्रति विपक्षी गठबन्धनले आपत्ति जनाएका छन् ।

प्रदेश प्रमुखले अल्पमतमा रहेका पोखरेललाई कानुन बिपरित पुनः मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै बिपक्षी सांसदहरुले प्रदेश प्रमु्ख कार्यालयमा दिउँसैदेखि धर्ना दिएका थिए । प्रदेश प्रमुखको कार्यालयमा सपथ गराउन समस्या हुने देखेपछि प्रदेश प्रमुख मुख्यमन्त्रीको कार्यालयमै गएर पोखरेललाई सपथ गराएका थिए ।
विपक्षी गठबन्धनका प्रदेशसभा सदस्य प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना बसेका थिए । उनीहरुले प्रदेश प्रमुखले विधि र पद्धतिको उल्लङ्घन गर्दै असंवैधानिक कदम चालेको आरोप लगाएका छन् ।

विपक्षी नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खाँनले प्रदेश उपसभामुखको समेत कीर्ते हस्ताक्षर भएको र बहुमत सदस्य आफूहरुका पक्षमा रहेको जिकिर गर्नुभयो । कुल ८१ प्रदेशसभा सदस्यमध्ये विपक्षी गठबन्धनमा ४२ प्रदेशसभा सदस्य रहेको जिकिर गरिएको छ छ । विपक्षी गठबन्धनमा नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी छन् ।

‘हामी बहुमत सदस्यसहित आउँदैछौँ भनेर जानकारी गराउँदा गराउँदै पनि प्रदेश प्रमुखले असंवैधानिक कदम चाल्नुभयो’, खाँनले भन्नुभयो ।

यता मुख्यमन्त्री पोखरेलका पक्षमा लागेका कपिलवस्तु क्षेत्र नं १ (क) बाट प्रदेशसभा सदस्य निवाचित दीर्घनारायण पाण्डे, कपिलवस्तु क्षेत्र नं २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी (बर्दघाट सुस्तापश्चिम)का अजयबहादुर शाहीले राजीनामा गर्दै विपक्षी गठबन्धनका प्रस्तावित मुख्यमन्त्री कुलप्रसाद केसीलाई समर्थन गरेका छन् ।
उता दाङको २ ९ख० बाट निर्वाचित विमला खत्रीले आज पत्रकार सम्मेलन गर्दै आफू आफ्नो स्वविवेकमा माओवादी केन्द्रमा लागेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.