जन सरोकार

पहिरोका कारण अवरुद्ध राजमार्ग एकतर्फी सञ्चालनमा

केही दिनदेखिको वर्षासँगैको बाढी पहिरोका कारण अवरुद्ध मुख्य राजमार्गहरु केही एकतर्फी रुपमा सञ्चालनमा आएका छन् ।

यही वैशाख १२ गतेको बाढीले अवरुद्ध भएको भोजपुर नगरपालिका-५ बोखिमको मध्यपहाडी लोकमार्ग, वैशाख १६ गतेको पहिरोले अवरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ जलथलेस्थित बेनी-जोमसोम सडकखण्ड तथा लमजुङ मध्यनेपाल नगरपालिका-१० बिमिरेभन्ज्याङस्थित मध्यपहाडी लोकमार्ग एकतर्फी रुपमा सञ्चालन भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बाढी र पहिरोका कारण पूर्ण रुपमा अबरुद्ध भएका केही राजमार्ग र सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा ल्याइएका छन् । वैशाख १६ गतेको पहिराका कारण पूर्ण रुपमा अवरुद्ध भएको सिन्धुपाल्चोक भोटेकोशी-२ कोदारीस्थित अरनिको राजमार्गमा भने अहिलेसम्म सञ्चालन हुन सकेको छैन ।”

वर्षातको समयमा बाढी पहिरोको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा भएका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.