बिशेषराजनीति

लिपुलेकका विषयमा भारतको पुरानै जवाफ- नेपालको दावी ‘न्यायसंगत र प्रमाणमा आधारित छैन’

नेपाल सरकारले भारत र चीनबीच नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा खुलाएको विषयमा असहमति जनाउँदै कूटनीतिक पत्र पठाएपछि भारत सरकारले त्यसको तत्काल प्रतिउत्तर दिंदै पुरानै शैलीमा नेपालको दावी नपुग्ने बताएको छ ।

आइतबार मे ३ का दिन भारतीय विदेश मन्त्रालयका प्रवक्ता रनधीर जैसवालले सामाजिक सञ्जाल एक्स मार्फत जवाफ दिंदै लिपुलेकको सवालमा भारत स्पष्ट रहेको र नेपालको दावी न्यायसंगत तथा ऐतिहासिक तथ्य प्रमाणमा आधारित नभएको बताएका छन् ।

जैसवालले लिपुलेक पास १९५४ देखि कैलाश मानसरोवर यात्रामा प्रयोग हुँदै आएको मार्ग रहेको र लामो समयदेखि यो मार्ग हुँदै यात्रा दशकौंदेखि सञ्चालन हुँदै आएको दावी गर्दै अहिलेको पूर्वाधार विकास कुनै नयाँ नभएको बताउनुभएको छ ।

नेपालले उठाएका सवालको जवाफमा भनिएको छ, “क्षेत्रीय दाबीहरूको सन्दर्भमा, भारतले निरन्तर भनेको छ कि यस्ता दाबीहरू न त न्यायसंगत छन् न त ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छन्। यस प्रकारको एकपक्षीय कृत्रिम क्षेत्रीय विस्तार असम्भव छ।”

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग : परराष्ट्र मन्त्रालय

जैसवालले भारत दुईपक्षीय सम्बन्धका सबै विषयमा नेपालसँग रचनात्मक संवादका लागि खुला रहेको र सहमति भएका बाँकी सीमा मुद्दाहरूलाई संवाद र कूटनीतिबाट समाधान गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.