राजनीति

नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । गृह मन्त्रालयमा सोमबार आयोजित विशेष कार्यक्रममा सचिव श्रेष्ठले महानिरीक्षक पौडेललाई दज्र्यानी चिह्न लगाइदिनुभएको हो ।

यही वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक पौडेललाई महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो । तत्कालीन महानिरीक्षक राजु अर्यालले यही वैशाख १८ गतेदेखि अवकाश पाउनुुभएको थियो ।

सो अवसरमा गृहसचिव श्रेष्ठले नवनियुक्त सशस्त्र प्रहरी बलका महानिरीक्षक पौडेलले संगठनको सुदृढीकरण, पारदर्शिता र वलियो राष्ट्रिय सुरक्षामा थप योगदान पुग्ने बताउँमै संगठनका समस्याहरू आन्तरिक रूपमा समाधान गरी तोकिएका जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

दर्ज्यानी चिन्ह शुशोभनपछि मन्तव्य राख्नुहुँदै नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले संविधान, कानुन अनुसार जन अपेक्षालाई पूरा गर्ने गरी ईमानदारी र निष्ठापूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले संगठनको व्यावसायिकता, अनुशासन र नागरिकमैत्री सुरक्षा सेवामा थप सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले सीमा सुरक्षा, विपद् व्यवस्थापन, अपराध नियन्त्रण तथा शान्ति सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ।

सशस्त्र प्रहरी बलमा लामो अनुभव संगाल्नु भएका पौडेलले विभिन्न जिम्मेवारी सम्हाल्दै संगठनभित्र नेतृत्वदायी भूमिकामा सक्रिय रहँदै आउनुभएको छ।

विसं २०५८ चैत १८ मा स्थायी रूपमा डीएसपीमा बढुवा हुनु भएको थियो । त्यसपछि २९ चैत २०६३ मा सशस्त्र प्रहरी उपरीक्षक -एसपी) र विसं २०७० जेठ २ गते उहाँ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा हुनुभएको थियो ।

विसं २०७५ कात्तिक १३ गते सशस्त्र प्रहरी महानिरीक्षक (डीआईजी)मा बढुवा हुनुभएको पौडेल विसं २०७९ जेठ ६ गते सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (आईजी)मा बढुवा हुँदै संगठनको उच्च नेतृत्वमा पुग्नुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.