राजनीति

विधिको शासनको सुनिश्चिततामा प्रधानन्यायाधीशको प्रतिबद्धता

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा

कानून दिवस, २०७८ का अवसरमा आइतबार शुभकामना सन्देश दिँदै उहाँले यस दिवसले न्याय, समानता र विधिको शासनको प्रत्याभूतिका लागि क्रियाशील रहन सबैमा थप हौसला र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यो दिवस कानून र न्याय क्षेत्रका लागि मात्र नभई सबै क्षेत्र र नागरिकको तहसम्म पनि त्यत्तिकै महत्वपूर्ण भएकाले यसलाई राष्ट्रिय पर्वकै रूपमा मनाउन प्रधानन्यायाधीश राणाले आग्रह गर्नुभएको छ । विसं २००९ मा आजकै दिन प्रधान न्यायालय स्थापना भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.