राजनीति

भारतलाई कूटनीतिक दवाव दिन राजदूत आचार्यलाई फिर्ता किन नबोलाउने ?

भारतले नेपाली भूमि अतिक्रमण गरी सडक बनाएर उद्घाटन गरेपछि यसको बिरोधमा नेपाल सरकारले आवश्यक कागजी प्रक्रिया पूरा गरे पनि कूटनीतिक दवाव पुगेको छैन । भारतलाई नेपालले पर्याप्त दवाव दिन नसकेको जगजाहेर भैरहेका बेला कूटनीतिक दबाब स्वरूप भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यलाई तत्काल काठमाडौँ फिर्ता बोलाउनुपर्ने माग ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले गरेको छ ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले सोमबार एक विज्ञप्ति जारी गरी भारतको ज्यादतीविरुद्ध कूटनीतिक दबाबस्वरूप अतिक्रमित कालापानी, लिपुलेक क्षेत्रको नेपाली भूमिमा सडक बनाएर उसले खडा गरेको समस्या समाधान नभएसम्मनेपालका राजदूत नीलाम्बर आचार्यलाई काठमाडौँ फिर्ता बोलाउन सरकारसँग माग गर्नुभएको हो ।

विज्ञप्तिमा भनिएको छ, नेपाली भूमि अतिक्रमणका सम्बन्धमा नेकपाका अध्यक्षद्वयले जारी गरेको वक्तव्यसमेत हेर्दा नेपालमा सन् २००५ पछि बनेका सबै सरकारहरू राष्ट्रघाती, राष्ट्रिय अखण्डता विरोधी र भारतको कठपुतली भएको प्रमाणित भएको छ भन्दै आफ्नै आँखा अगाडि आफ्नै भूभागमा सडकको शिलान्यास गरेको नदेख्नु मात्र होइन, लगातार १२ वर्षसम्म नेपालको सरहदभित्र चीनसँग जोड्ने सडकको निर्माण भइरहँदा आफूले थाहा नपाएको भन्ने निर्लज्ज लवज सुन्नु अत्यन्त लज्जास्पद रहेको छ ।

नेपाली भूभागबाट दशक अघिदेखि सडक बनाइरहँदा सरकारले थाहा पाएनौं भन्ने कुतर्कले एकातर्फ साधारण नेपाली हतप्रभ भएका छौँ भने अर्कातिर नेपाली जनतालाई ढाँट्ने अकर्मण्य नेतृत्वको यस्तो निकृष्ट चरित्रले विश्वमै वीर कहलिएको नेपाली जाति वीर होइन कायर भैसकेको रहेछ भन्ने गलत सन्देश प्रवाहित भएको मोर्चाको आरोप छ ।

अहिलेको सङ्गीन घडीमा एकअर्कालाई दोषारोपण गरेर जग हँसाउनुभन्दा सबै नेपाली एक ढिक्का भई भारतको राजनीतिक नेतृत्वको यो चरम हेपाइविरुद्ध एकजूट भई लड्ने कुरालाई प्राथमिकता दिनुपर्ने देखिन्छ भन्दै अब पनि खुट्टा कमाइयो भने कहिल्यै उठ्न नसकिनेतर्फ सचेत गराएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.