जन सरोकार

मानवीय सम्वेदनशीलता ध्यान दिन आग्रह

बिरामी भर्ना नलिने निर्णयप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण

अक्सिजनको अभाव भएको भन्दै काडमाडौंका विभिन्न अस्पतालहरुले नयाँ बिरामी भर्ना लिन नसक्ने सार्वजनिक सूचना जाी गरे पनि काठमाडौँ प्रशासनले मानवीय समवेदनशीलतामा ध्यान दिएर सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।

विभिन्न अस्पतालले अक्सिजन अभावको कारण देखाई बिरामीलाई अस्पतालमा भर्ना गर्न नसकिने तथा भर्ना भएका बिरामीलाई समेत उपचार गर्न नसकिने भन्दै सार्वजनिक सूचना जारी गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रशासनले कोभिड–१९ सङ्क्रमण तीब्र फैलिरहेको अवस्थामा मानवीय संवेदनशीलतामा ध्यान दिन आग्रह गरेको हो ।

वर्तमान परिस्थितिमा सङ्क्रमण नियन्त्रणका लागि अस्पताल, औषधि तथा अक्सिजनको व्यवस्थापनमा सबै पक्ष क्रियाशील भइरहेको जानकारी गराउँदै अक्सिजनको अभावलाई पूर्ति गर्न सबै पक्षबाट भइरहेको प्रयासलाई नजरअन्दाज गर्दै सार्वजनिक सूचनाका नाममा सर्वसाधारण जनतामा त्रास फैलाउने कार्य नगर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

यस्ता गतिविधिले आम नागरिकमा समेत असर पर्ने हुँदा यस्तो संवेदनशील अवस्थामा सबै पक्ष जिमेवार भई कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ । “यस्तो अवस्थामा मानवीय संवेदनशीलतालाई बुझी आआफ्नो पक्षबाट सकारात्मक भूमिका निर्वाहका लागि समेत सार्वजनिक ध्यानाकर्षण गरिएको छ”, प्रशासन कार्यालयद्वारा बुधबार राति जारी विज्ञप्तिमा उल्लेख ।

ग्राण्डी अस्पताले कोराना संक्रमित बिरामीको नयाँ भर्ना नलिने

नेपाल मेडिकल कलेज संक्रमितहरुलाई डिस्चार्ज गर्दै, मेडिसिटीले नयाँ भर्ना नै नलिने

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.