स्वास्थ्य

ग्राण्डी अस्पताले कोराना संक्रमित बिरामीको नयाँ भर्ना नलिने

दैनिक १०० सिलिन्डर अक्सिजनले थप बिरामी भर्ना लिन नसक्ने

सरकारले अस्पतालहरुलाई अक्सिजनको कोटा निधारण गरेपछि कोरोना संक्रमितको चाप अनुसार कोटाको अक्सिजन नपुग्ने भएपछि काठमाडौंका नाम चलेका र सुविधासम्पन्न अस्पतालहरुले बिरामी भर्ना नलिने घोषणा गर्नेक्रम बढ्दै गएको छ ।

मंगलबार नेपाल मेडिकल कलेजले भर्ना भएका बिरामीको डिस्चार्ज गर्ने घोषणा गर्यो भने मेडिसिटीले भर्ना लिन नसक्ने बतायो । बुधबार धापासीस्थित ग्राण्डी अस्पतालले पनि बिरामी भर्ना गराउन नसक्ने घोषणा गरेको छ ।

एक सूचना जारी गर्दै ग्राण्डी अस्पतालले सरकारले दैनिक १०० सिलिन्डर अक्सिजन दिने गरेको जानकारी दिँदै अस्पतालले यसै कारण थप बिरामी भर्ना लिन नसक्ने बताएको हो ।

कोरोना संक्रमितको उपचारमा अक्सिजनको मागअनुसर आपूर्ति हुन नसकेकोले नयाँ बिरामी भर्ना गर्न नसकिने अवस्था आएको बताउँदै आवश्यकताअनुसार अक्सिजन उपलब्ध भएपछि मात्रै थप बिरामी भर्ना गर्न सकिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.