खेलजापान

टोकियो ओलम्पिक स्थगित गर्न चिकित्सकहरुको माग

खेल आयोजनाका लागि सरकार अघि बढ्नु पूर्णरुपमा असंगत र गैरजिम्मेवारपूर्ण

आउँदो जुलाई २३ बाट सुरु हुने भनिएको टोकियो ओलम्पिक कोरोना भाइरस संक्रमणको नयाँ लहरका कारण पुनः स्थागित गर्नुपर्ने आवाज उठ्न थालेका छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले दुई दिनअघि ओलम्पिकमा सहभागी सबै खेलाडीलाई खोप लगाइने र खेल निर्धारित समयमै सुरु हुने बताए पनि जापानका चिकित्सकहरुले भने ओलमिपक आयोजना रद्द गर्न माग गरेका छन् ।

अस्पतालका चिकित्सकहरूको संघले बिहिबार पत्रकार सम्मेलन गरी कोरोनाभाइरस महामारीको कारण यस गर्मीको टोकियो ओलम्पिक र प्यारालिम्पिक रद्द गर्न सरकारलाई आग्रह गरेको छ । संघका सदस्यहरू बिहीबार प्रधानमन्त्री योशिहिदो सुगालाई अनुरोध गरेका हुन् ।

यो पनि पढ्नुहोस्

कोरोनाका कारण ओलम्पिक खेललाई चिकित्सक अभाव

ओलम्पिक कमिटीले खेलाडीहरुलाई खोप दिइने बताए पनि चिकित्सकहरु त्यसप्रति विश्वस्त छैनन् । उनीहरू खेलले जापानमा संक्रमणको जोखिम बढाउने बताउँछन् । उनीहरुको तर्क छ कि आयोजकले खेल हेर्न दर्शकहरूलाई अनुमति नदिए पनि विश्वभरबाट हजारौं खेलाडी, प्रशिक्षक, अधिकारी र पत्रकारहरू आउने छन्, जसले जोखिम बढाउने मात्र हैन खेलहरू तीब्र गतिमा संक्रमण फैलने घटना पनि हुनसक्दछ ।

संघले अहिले महामारीको बिरूद्ध लड्न स्वास्थ्यकर्मीहरुलाई धेरै घण्टा काम गर्न बाध्य पारिएको छ । स्वास्थ्यकर्मीहरु थकित छन् । यस्तोमा विशाल खेल आयोजनाका लागि सरकार अघि बढ्नु पूर्णरुपमा असंगत र गैरजिम्मेवारपूर्ण छ ।

पत्रकार सम्मेलनमा संघका प्रतिनिधि नाओटो उएमामाले ओलम्पिक खेलका लागि आफूहरु दुःखी रहेको तर खेल रद्द गर्ने विषयमा कसैले न कसैले बोल्नै पर्छ । चिकित्सकहरुले बढ्दो भाइरससँग लड्न सरकारको प्रतिबद्धतामा विश्वास गुमाएको देखेका छन । जनताको स्वास्थ्यको रक्षा गर्न सरकारको सर्वोपरि कर्तव्य छ, र सो कर्तव्य पूरा गर्न महत्वपूर्ण निर्णय गर्नुपर्दछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.