खेलजापानविविध

कोरोनाका कारण ओलम्पिक खेललाई चिकित्सक अभाव

टोकियो ओलम्पिकका लागि लगभग १० हजार चिकित्सकर्मी आवश्यक पर्ने

सन्न २०२० मा सम्पन्न हुनुपर्ने टोकियो ओलम्पिक कोरोना भाइरस महामारीले स्थगित भएर आउँदो जुलाई २३ बाट आयोजना गर्ने अन्तिम तयारी भैरहेका बेला कोरोनाको नयाँ भेरियन्ट संक्रमण फैलिएपछि थप चुनौतिपूर्ण बनेको छ । यसबीचमा ओलम्पिकका लागि आवश्यकस्वयंसेवी चिकित्सकको अभाव हुन थालेको छ ।

जापानमा कोरोना भाइरस संक्रमण तीब्ररुपमा फैलिइरहेको र देशका अधिकांश क्षेत्रमा संकटकाल घोषणा गरिएको छ । यस्तोमा ओलम्पिक र पारा ओलम्पिकका लागि आवश्यक स्वयंसेवी चिकित्कको पूर्ण बन्दोबस्त गर्न समस्या भैरहेको हो ।

ओलम्पिकका लागि लगभग १० हजार चिकित्सकर्मी आवश्यक पर्ने बताइएको छ । जापान आर्थोपेडिक संघले अप्रिलदेखि ४ हजार ७ सय ८४ खेल चिकित्सकसंग गरेको सोधपुछमा ९२ जनाले मात्रै स्वयंसेवी बन्न तयार रहेको बताएका थिए । संघले २०० चिकित्सकको माग गरेका थियो ।

भर्खर ३० वर्ष पार गरेका एक चिकित्सकले देशमा अभूतपूर्व चिकित्सक संकटका वावजूद ओलम्पिक खेललाई प्राथमिकता दिइएको छ । यस्तो बेलामा मलाई मेरो कार्यस्थल छोडेर अन्यत्र जान सम्भव छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.