स्थानीयतह निर्वाचन

मनाङ सदरमुकाम चामेमा एमालेका घले, उपाध्यक्षमा कांग्रेसका मिङ्मार

मनाङको सदरमुकाम चामे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का लोकेन्द्रबहादुर घले निर्वाचित हुनुभएको छ । उहाँले ३२० मतले अध्यक्षमा निर्वाचित हुनुभएको हो । घले यसअघि पनि अध्यक्ष हुनुहुन्थ्यो ।

कूल खसेको ६१० मतमध्ये घलेले ३२० मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७७ मत प्राप्त गर्नुभएको छ । चामेको उपाध्यक्षमा कांग्रेसका मिङ्मार ढोमा लामा निर्वाचित हुनुभएको छ ।

कम मतदाता भएको पालिकाको मतगणना सकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख पुष्पराज शर्माले जानकारी दिनुभयो । चामेमा ७११ मतदाता रहेकामा ६१० मत अर्थात् ८५.७९ प्रतिशत मत खसेको छ ।

उहाँका अनुसार मनाङ ङिस्याङ र नासो गाउँपालिकाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश पुनाराम खनालले बताउनुभयो । मतगणना आज साँझसम्ममा सकिने उहाँले बताउनुभयो ।

जिल्ला ६२.६० प्रतिशत मत खसेको छ । कूल छ हजार ४९६ मतदाता रहेकामा चार हजार ७७ मत खसेको मुख्य निर्वाचन अधिकृत खनालले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.