स्थानीयतह निर्वाचन

काठमाडौँ महानगरमा एउटा मत गन्न २० मिनेट, छिटो गर्ने आयोगको तयारी

काठमाडौँ महानगरपालिकाको मतगणनामा ढिलाइ हुने सङ्केत देखिएको छ । एउटा मतपत्र गन्न झण्डै २० मिनेट लाग्ने भएपछि छिटो गर्ने तयारी निर्वाचन आयोगले गरेको छ ।

सुरुआतमा दुई स्थानबाट मात्र गणना थालिएको छ । दलका प्रतिनिधिको सङ्ख्या बढाएर अन्य स्थानबाट एकसाथ गणना थाल्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयका अधिकृत प्रेमकुमार श्रेष्ठले विवाद आउन नदिने गरी सानो सङ्ख्यामा परीक्षणका रुपमा मतगणना थालिएको बताउनुभयो । कार्यालयले छ÷सात स्थानबाट एकसाथ गणना गर्ने तयारी गरेको छ ।

वडा नं १ बाट माथि र वडा नं ३२ बाट तल गन्दै ल्याउने गरी सुरुआत गरिएको छ । यसरी हाल वडा नं १ र ३२ को मतगणना जारी छ । प्रारम्भिक विवरणअनुसार हालसम्म काठमाडौँ महानगरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले सामान्य अग्रता लिनुभएको छ ।

साहले २२ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका सिर्जना सिंहले १८ र नेकपा (एमाले)का केशव स्थापितले १३ मत प्राप्त गर्नुभएको छ ।

काठमाडौँ महानगरको प्रमुखमा ३५ स्वतन्त्रसहित ५५ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारको सङ्ख्या बढी हुँदा गणनामा पनि ढिलाइ भइरहेको देखिएको छ । वडा नं १८, २२, २३ र २७ बाट दलित महिला सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.