स्थानीयतह निर्वाचन

भरतपुर महानगरपालिकामा एमालेका सुवेदीको सुरुआती अग्रता

भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले सुरुआती अग्रता लिनुभएको छ । आज दिउँसोबाट सुरु गरिएको मतगणनामा सुवेदीले ४१ मत प्राप्त गर्नुभयो ।

यस्तै बामलोकतान्त्रिक गठबन्धनबाट प्रमुखको उम्मेदवार रहेकी रेनु दाहालले ३७ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने आठ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आज अपराह्न ३ बजेसम्म गनिएका एक सय मतमा यो परिणाम आएको हो । यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ३९ र राप्रपाकी हिमला गुरुङले ३५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै वडाध्यक्षमा नेकपा एमालेका शुक्र श्रेष्ठले ४२ मत र नेपाली कांग्रेसका केशव महर्जनले २९ मत प्राप्त गर्नुभएको छ । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.