स्थानीयतह निर्वाचन

खार्पुनाथमा कांग्रेसका रावल पुनः विजयी

हुम्लाको खार्पुनाथ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी हुनुभएको छ । उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

उहाँले एक हजार आठ सय १० मत ल्याउनुभएको छ भने निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रकाशबहादुर शाहीले एक हजार एक सय ९५ मत ल्याउनुभएको छ ।

यसैगरी उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का ज्ञानबहादुर सिंहले एक हजार ८७२ मत विजयी हुुनुभएका छ । उहाँका प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का शक्तिसिंह ऐडीले ८५० मत ल्याउनुभएको थियो ।

यस्तै खार्पुनाथका पाँचवटै वडामा पनि गठबन्धन निर्वाचित भएको छ । कांग्रेस–माओवादी गठबन्धनअनुसार वडा नम्बर १ मा कांग्रेसका जयबहादुर शाही (४६९), वडा नम्बर २ मा कांग्रेसका चन्द्र रावल (२६०), वडा नम्बर ३ मा माओवादीका च्याँगा बोहरा (२७१), वडा नम्बर ४ मा कांग्रेसका रङ्गमति शाही (निर्विरोध) र वडा नम्बर ५ मा कांग्रेसका भरतजङ्ग शाही (४९२) मत ल्याएर निर्वाचित भएका छन् ।

बारामा कांग्रेस ३, एमाले २ र जसपा १ वडाध्यक्षमा विजयी

निजगढ नगरपालिका वडा नं १३ मा नेपाली कांग्रेसको प्यानलनै विजयी भएका छन् । कांग्रेसका उम्मेदवार सूर्य घलानले ७७९ मत ल्याई वडाध्यक्ष पदमा विजयी हुनुभएको हो । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा उहाँ सोही पदमा निर्वाचित हुनुभएको थियो ।

यसैगरी जितपुरसिमराको वडा नम्बर १ र २४ मा पनि कांग्रेसका उम्मेदवार विजय भएका भने वडा नं २३ मा नेकपा (एमाले) र प्रसौनी गाँउपालिकाको वडा नम्बर १ मा पनि एमाले कै वडाध्यक्ष निर्वाचित भएको जिल्ला निर्वाचन प्रमुख सरोजकुमार चौधरीले जानकारी दिनुभयो । त्यसैगरी करैयामाई गाउँपालिकाको वडा नम्बर १ मा जसपाका उम्मेदवारले प्यानलसहित जित हासिल गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.