स्थानीयतह निर्वाचन

धनुषामा खसेकोभन्दा बढी मतपत्र भेटिएपछि झडप

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाका क्रममा खसेकोभन्दा बढी मतपत्र भेटिएपछि धनुषाको धनौजी गाउँपालिकामा झडप भएको छ ।

समाचार अनुसार मतगणना स्थलमा खसेको भन्दा बढी मतपत्र भेटिएको विषयमा भएको विवादले उग्ररुप लिएपछि प्रहरीले २५ राउण्ड हवाइ फायर गरेको छ ।

झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले २५ राउण्ड हवाइ फायर गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताउनुभयो ।

अहिले मतगणना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.