विश्व समाचार

इटाली लकडाउन खोल्ने तयारीमा अर्को महिनादखिे यात्रा अनुमति दिने

युरोपमा कोरोना भाइरस संक्रमणको केन्द्रबिन्दु बनेको इटलीले तीन महिनापछि लकडाउन हटाउने घोषणा गरेको छ । इटालीमा मे १८ मा अन्त्य हुने गरी अवागमनमा लगाएको प्रतिबन्धहरू १२ हप्ताभपछि हटाइनेछ ।

स्थानीय समय अनुसार शुक्रबार राति इटालीको मन्त्रिपरिषद्को निर्णयमा इटालीभित्रको यात्रामा पनि प्रतिबन्ध हटाइनेछ । त्यसै गरी उद्योग तथा कलकारखाना खोल्ने र आगामी महिनादेखि विदेश जान र आउनका अनुमति दिने घोषणा गरेको छ । बासिन्दालाई फेरि एकपटक स्वतन्त्र रुपमा एक क्षेत्रबाट अर्को स्थानमा जान पाउने अनुमति दिइनेछ ।

सङ्क्रमण नियन्त्रणका लागि यसले युरोपमा सबैभन्दा कडा मानिएकोे अनावश्यक यात्रामा प्रतिबन्ध लगाउँदै आन्तरिक तथा बाह्य सिमाना बन्द गरेको थियो । जसको शुरूमा यूरोपेली मुलुकहरूमा आलोचना पनि भएको थियो तर इटलीले बन्दाबन्दी नै सङ्क्रमण रोक्ने उत्तम उपाय रहेको ठहर गर्दै लामो समयसम्म आवागमन तथा व्यापारिक गतिविधिमा समेत रोक लगाएको थियो ।

इटालीले पहिलो पटक मार्च १० मा लागू भएको घरेलु लकडाउनका सर्तहरू बिस्तारै सहज गर्दै गएको छ । जुन ३ को परिवर्तन अन्तराष्ट्रिय आवागमनलाई खुलाउने पहिलो कदम हुनेछ । इटली युरोपमा फैलिएको कोरोनाभाइरसको प्रकोपको केन्द्रबिन्दु बनेको थियो ।

इटलीमा शनिबारसम्ममा दुई लाख २३ हजार ८८५ सङ्क्रमित भएका छन् भने ३१ हजार ६१० व्यक्तिको मृत्यु भएको छ । यहाँ एकलाख २० हजार २०५ जना निको भएर घर फर्किएका छन् । इटलीभरी अझै ७२ हजार ७० व्यक्तिले सङ्क्रमणका कारण उपचार सेवा लिइरहेका छन् । यीमध्ये ८०८ जनामा गम्भीर स्वास्थ्य समस्या देखिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.