एक सय ४९ सांसदको हस्ताक्षरसहित देउवाद्वारा प्रधानन्त्रीमा दावी
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठन गर्ने आधारसहित आधारपत्र पेश गर्न आव्हान गरेअनुसार नेपाली कांग्रेसका सभापति तथा सांसद शेरबहादुर देउवाले १ सय ४० सांसदको हस्ताक्षरसहित नेताहरु शितल निवास पुग्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिनुभएको थियो ।
शुक्रबार सिहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका शीर्ष नेताहरुको बैठकमा देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने सहमति जुटेको हो । माओवादी केन्द्रका नेता वर्षमान पुनका अनुसार देउवाको पक्षमा १ सय ४९ सांसदको हस्ताक्षर जुटेको छ ।
कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (एक स्वतन्त्रसहित), माधव नेपाल समूहका २७ र जसपाका १२ सांसदले हस्ताक्षर गरेका छन् । जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका सांसदहरु भने तटस्थ बस्ने निर्णय गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्