स्वास्थ्य

८६०७ जना संक्रमित थपिँदा ७८९० जना संक्रमणमुक्त

नेपालमा कोरोना संक्रमितको संख्या र निको हुनेको अन्तर क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टामा ८६०७ जना संक्रमित थपिँदा ७८९० जना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये काठमाडौँ उपत्यकामा २ हजार ४ सय ११ जना रहेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौँमा १,७५२ जना, भक्तपुरमा २५९ जना र ललितपुरमा ४०० जना कोरोना संक्रमित भेटिएका छन् । त्यस्तै यस अवधिमा १७७ जनाको मृत्यु भएको छ । योसंगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ३५३ पीसीआर परीक्षणमा ८,४०७ र ८७३ एन्टिजेन परीक्षणमा २०० जना गरी ८,६०७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ । जसमध्ये १ लाख १६ हजार १९२ जना सक्रिय संक्रमित छन् ।

संक्रमितमध्ये १ लाख ८ हजार ४९५ जना होम आइसोलेसनमा र ७ हजार ६९७ जना संस्थागत आइसोलेसनमा छन् । शुक्रबारसम्म १ हजार ७१६ जना आईसीयूमा र ५११ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.