राजनीति

एमाले स्थायी समिति बैठक बस्दै, विपक्षीहरुको बैठक जारी

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार चारबजे स्थायी समिति बैठक बोलाउनुभएको छ । बैठकमा मध्यावधि निर्वाचन, विकसित राजनीतिक परिस्थिति र दलको आन्तरिक जीवन विषयमा छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका सिफारिशमा गए राति आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति तोकिसक्नुभएको छ ।

संसद विघटन भएर निर्वाचनको घोषणा भएपछि भावी रणनीति तय गर्न विपक्षी दलहरुको बैठक बसिरहेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम उपेन्द्र र नेकपा एमालेको माधव नेपालसहित विपक्षी गठबन्धनको बैठक सुरु भएको हो ।

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई सहभागी हुनुहन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.