क्रिकेटखेल

हैदराबादसँग पराजित भएसंगै बेंगलुरुको क्वालिफायर खेल्ने लक्ष्यमा धक्का

इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबाद विजयी भएको छ । शुक्रबार राति भएको खेलमा हैदराबादले प्लेअफमा स्थान बनाइसकेको रोयल च्यालेन्जर्स बेंगलुरुलाई ४२ रनले पराजित गरेको हो ।

आइपिएल

हारसंगै क्वालिफायर खेल्ने बेंगलुरुको योजनामा धक्का लागेको छ । भरत रत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियम, लखनउमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा छ विकेट गुमाएर २ सय ३१ रन बनाएको थियो ।

हैदराबादको लागि इशान किशनले ४८ बलमा सात चौका र पाँच छक्का प्रहार गर्दै अविजित ९४ रनको अर्धशतकीय पारी खेले भने अभिषेक शर्माले ३४ रन बनाए । त्यस्तै अनिकेत वर्माले २६ रन जोड्दा हेनरिक क्लासेनले २४ रन बनाए ।

बेंगलुरुका लागि रोमारियो शेपहर्डले दुई विकेट लिए भने भुवनेश्वर कुमार, लुंगी एंगिडी, सुयाश शर्मा र क्रुनाल पान्ड्याको भागमा समान एक-एक विकेट रह्यो । हैदराबादले प्रस्तुत गरेको २ सय ३२ रनको बलियो लक्ष्य लिएर मैदान उत्रेको बेंगलुरुले १९.५ ओभरमा १ सय ८९ रनमा अलआउट भयो ।

बेंगलुरुका लागि फिल साल्टले ६२ रनको अर्धशतकीय पारी खेले भने विराट कोहलीले ४३ रन बनाए । यस्तै जितेश शर्माले २४, रजत पाटिदारले १८ र मयंक अग्रवालले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । हैदराबादका लागि कप्तान प्याट कमिन्सले तीन विकेट लिए भने इशान मलिंगाले दुई विकेट लिंदा जयदेव उनादकट, हर्षल पटेल, हर्श दुबे र नितिश कुमार रेड्डीको भागमा समान एक-एक विकेट रह्यो ।

हारसंगै बेंगलुरु १३ खेलमा १७ अंक जोड्दै नेटरनरेटमा पञ्जाब भन्दा पछि पर्दै तेस्रो स्थानमा झरेको छ भने समान खेलमा ११ अंक जोडेको हैदरबाद आठौँ स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज राति ७:४५ बजे पञ्जाब किंग्स दिल्ली क्यापिटल्स भिड्दै छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.