इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्स विजयी भएको भएको छ । शनिबार राति भएको खेलमा दिल्लीले पञ्जाब किङ्सलाई छ विकेटले पराजित गरेको हो ।
पञ्जाब दिल्लीसँग पराजित भएसँगै क्वालिफायर खेल्ने दुई टिमको अझै टुंगो लागेको छैन् । जयपुरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो । पञ्जाबका लागि कप्तान श्रेयस अय्यरले ३४ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५३ रनको अर्धशतकीय पारी खेले भने मार्कस स्टोइनिसले १६ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ४४ रनमा अविजित रहे ।
त्यस्तै जोस इंग्लिसले ३२ रन जोड्दा प्रभसिम्रन सिंहले २८ रन बनाए । दिल्लीका लागि मुस्ताफिजुर रहमानले तीन विकेट लिए भने विपराज निगम र कुलदीप यादवले समान दुई-दुई विकेट लिँदा मुकेश कुमारको भागमा एक विकेट रह्यो । पञ्जाबले दिएको २ सय ७ रनको लक्ष्य दिल्लीले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
दिल्लीका लागि समिर रिजभीले २५ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ५८ रनको अविजित अर्धशतकीय पारी खेले भने करुन नायरले ४४ रन बनाए । यस्तै केएल राहुलले ३५ रन ज्प्द्दा कप्तान फाफ डुप्लेसिसले २३, सेडिकुल्लाह अटलले २२ र र ट्रिस्टन स्टब्सले अविजित १८ रन बनाए ।पञ्जाबका लागि हरप्रित ब्रारले दुई विकेट लिए भने प्रविण दुबे र मार्को यानसेनको भागमा समान एक-एक विकेट रह्यो ।
जितसँगै पञ्जाब १३ खेलमा १७ अंक जोड्दा दोस्रो स्थानमा यथावत् छ । यस्तोमा शीर्ष २ मा पुग्न चारवटै टोलीको सम्भावना कायमै रहेको छ ।प्रतियोगितामा आज दुई खेल हुनेछन्। पहिलो खेलमा दिउँसो ३:४५ बजे गुजरात टाइटन्स र चेन्नइ सुपर किंग्स भिड्दै छन् भने दोस्रो खेलमा राति ७:४५ बजे सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्स आमने-सामे हुने छन् ।





प्रतिक्रिया राख्नुहोस्