जल/वातावरण

कोरोना संक्रमण तीब्रगतिमा बढ्दै : आइतबारसम्म १५ सय ६७ संक्रमित

वितेको एक हप्तायता नेपालमा कोरोना भाइरस संक्रमितको तीब्रगतिमा बढेको छ । दैनिक एकसयभन्दा बढीको हाराहारीमा संक्रमण पुष्टि भैरहेको छ र पछिल्लो २४ घण्टामा १ सय ६६ जना थपिएपछि कुल संख्या १५ सय ६७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको संख्या १५ सयि ६७ पुगेको जानकारी दिनुभयो । हालसम्म संक्रमितमध्ये २२० जना उपचारपछि निको भएर घर फर्किएका छन । देवकोटाले पछिल्लो समय कोरोना संक्रमितको संख्या बढदा डिष्चार्ज हुनेको संख्या पनि बढदै गएको बताउनु भयो ।

देवकोटाका अनुसार प्रदेश १ मा ३०, प्रदेश २ मा १०४, बागमति प्रदेशका २९, गण्डकी प्रदेशका ३, प्रदेश ५ का ४८, सुदुरपश्चिम प्रदेशका ६ जना उपचारपछि निको भएर घर फर्किएका छन । स्वास्थ्य प्रवक्ता देवकोटाले दिनुभएको जानकारी अनुसार देशचर १ लाख १९ हजार १ सय ९२ जना क्वारेन्टाइनमा रहेका छन ।

जसमा प्रदेश १ का ३५३६, प्रदेश २ का १९९८३, बागमति प्रदेशका २४२३, गण्डकी प्रदेशका ३५१४, प्रदेश ५ का ३५०००, कर्णाल प्रदेशका १९५८९ र सुदुरपश्चिम प्रदेशका २५ हजार जना क्वारेन्टाइनमा हुनुहुन्छ । यस्तै देशभर आइसोलेशन कक्षमा उपचारको क्रममा रहेको संख्या १३४९ रहेको छ ।

यसैबीच पछिल्लो २४ घन्टामा २ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएको पुष्टि भएको छ । शनिबार राति दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना पोजेटिभ देखिएको थियो भने आइतबार बिहान बाजुरा जिल्ला अस्पतालमा ज्यान गुमाएकी दुई वर्षकी बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.