राजनीति

ठाकुर र महतोसहित चार नेतालाई निष्काशन गरेको पत्र निर्वाचन आयोगमा

सरकारमा सामेल हुने र नहुने विवादले विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा)का एक अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित ४ नेतालाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा पठाउनुभएको छ ।

सोमबार बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्काशन गरेको भन्दै यादवले निर्वाचन आयोगमा पत्र पठाउनुभएको हो ।

अध्यक्ष यादवले पार्टी विधान र दल सम्बन्धी ऐन अनुसार पार्टीबाट निष्काशन गरिएका नेताहरुको नाम दलको दर्ता किताबबाट हटाउन आग्रह गरिएको पत्र आयोगमा दर्ता भएको छ ।

सत्तारुढ नेकपा एमालेको चरम विवादका बेला प्रधानमन्त्री ओलीको पक्षमा रहेको र पछिल्लो समय सरकारमा जाने तयारी महन्थ, महतो पक्षले गरेपछि सो पार्टी लगभग विभाजित भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.