जन सरोकार

लिचीको दाना अड्किएर छ महिने बालकको मृत्यु

कञ्चनपुरको भीमदत्त नगरपालिका–५ मा लिचीको दाना अडकिएर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बुधबार साँझ लिचीको दाना अड्किएर छ महिने बालक वीरेन्द्र चन्दको मृत्यु भएको जानकारी दिनुभयो ।

“खेल्दाखेल्दै लिचीको दाना खाँदा अडकिएर अस्पताल लगिएको थियो”, उहाँले भन्नुभयो, “महाकाली अस्पताल पुग्दापुग्दै चिकित्सकले मृत घोषणा गरे ।”

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.