क्रिकेटखेल

पञ्जाब किंग्सलाई पराजित गर्दै बेङ्लुरुले जित्यो आइपिएलको पहिलो उपाधि

इन्डियन प्रिमियर लिगको १८ औं सिजनको रोयल च्यालेन्जर्स बेङ्लुरु (आरसीबी) ले उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा पञ्जाब किंग्सलाई छ रनले पराजित गर्दै बेङ्लुरुले आइपिएलको पहिलो उपाधि जितेको हो ।

आइपिएल

अहमदाबाद स्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बेङ्लुरुले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९० रन बनाएको थियो । बेङ्लुरुका लागि विराट कोहलीले ४३ रन बनाए भने कप्तान रजत पाटिदारले २६ रन जोडे ।

त्यस्तै लियम लिभिङस्टोनले २५ रन जोड्दा मयंक अग्रवाल र जितेश शर्माले समान २४-२४, रोमारियो शेफर्डले १७ र फिल साल्टले १६ रन बनाए । पञ्जाबका लागि कायल जिमिसन र अर्शदीप सिंहले समान दुई-दुई विकेट लिए भने युजवेन्दर चहल, अज्मतुल्लाह ओमरजाई र विजयकुमार वैशाकको भागमा समान एक-एक विकेट रह्यो ।

आरसीबीले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको पञ्जाबके निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रनमात्र बनाउन सक्यो । उसका लागि सशांका सिंहले ३० बलमा ३ चौका र ६ छक्काको सहयोगमा अविजित रहँदै ६१ रनको अर्धशतकीय परी क्जेले पनि टोलीलाई उपाधि दिलाउन सकेनन् ।

यस्तै जोस इंग्लिसले ३९ रन जोड्दा प्रभसिम्रन सिंहले २६ र प्रियन्सा आर्यले २४ रन बनाए । आरसीबीका लागि भुवनेश्वर कुमार र कुर्नाल पाण्ड्यले समान दुई-दुई विकेट लिंदा यश दयाल, जोश ह्याजलवुड र रामरियो शेफर्डको भागमा समान एक-एक विकेट रह्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.