प्रबास

तनहुँ समाज युकेबाट आठ लाखको सहयोग

तनहुँ समाज युकेले तनहुँ उद्योग वाणिज्य सङ्घले खडा गरेको कोभिड सङ्कट व्यवस्थापन महाअभियानका लागि रु आठ लाख बढी सहयोग गरेको छ । तनहुँ घर भई युकेमा रहेका तनहुँवासीको संस्थाले सङ्कट व्यवस्थापन महाअभियानका लागि रु आठ लाख आठ हजार ६४० सहयोग गरेको हो । कोभिड न्यूनीकरणका लागि सङ्घले खडा गरेको कोषमा हालसम्मकै सर्वाधिक रकम जुटेको हो ।

उक्त रकमको चेक व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेमार्फत सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठलाई बिहीबार हस्तान्तरण गरिएको छ । सहयोग रकम जुटाउन समाजका अध्यक्ष लेख गुरुङ, उपाध्यक्ष केशर राना, सल्लाहकार देवी आले, दमौली निवासी रन्जन मल्ल लगायतको महत्वपूर्ण भूमिका छ । जिल्लावासीलाई एकताको सूत्रमा समेटी जिल्लाको विकास, समृद्धि र सुख दुःखमा नजिक रहेर महत्वपूर्ण सहयोग गरेकामा सङ्घले समाजप्रति आभार व्यक्त गरेको छ ।

सङ्घले जिल्लाका स्थानीय तह, अस्पताल र सुरक्षाकर्मीलाई रु १० लाख बराबरको स्वास्थ्य सामग्री वितरण गरिसकेको छ । सङ्घले व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर अस्पताल, पुरनडिही अस्पताल, दमौली अस्पताल, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामग्री वितरण गरेको छ भने कालीभञ्जन गण (इ) र नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका लागि पनि स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

देवघाटको कोभिड कोषमा रु १५ लाख

कोभिड–१९ विरुद्ध जुध्न हेफर इन्टरनेशनल नेपालले तनहुँको देवघाट गाउँपालिकालाई रु १५ लाख सहयोग गरेको छ । गाउँपालिकाले खडा गरेको कोभिड कोषमा उक्त संस्थाले रु १५ लाख सहयोग गरेको हो । महिला समूह समन्वय समिति, चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्था र समृद्धिको लागि त्रिपक्षीय आयोग लगायतका तीन संस्थाहरूको सहकार्यमा कोभिड विरुद्ध जुध्नका लागि उक्त सहयोग गरिएको संस्थाका चितवन जिल्ला क्लष्टर प्रबन्धक कृष्णबाबु कट्टेलले जानकारी दिनुभयो ।

उक्त रकम अक्सिजन सिलिन्डर, लिक्विड अक्सिजन, अक्सिजन कन्सट्रेटर, भेन्टिलेटर, आइसियु, एक्सरे मेशिन, आइसोलेशन तथा कोभिड अस्पताल निर्माण, स्वास्थ्य सामग्री खरिदमा खर्च गर्नुपर्ने उहाँले बताउनुभयो । देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले कोभिड नियन्त्रणका लागि गैरसरकारी संस्थाको तर्फबाट ठूलो रकम सहयोग प्राप्त भएको भन्दै संस्थाप्रति आभार व्यक्त गर्नुभयो । थापाले हेफरसँग सहकार्य गरेर गाउँपालिका अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.